पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै एमालेका थापा

पोखरा महानगर अपडेट : धनराजलाई पछ्याउँदै एमालेका थापा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाको मेयरमा उम्मेदवारी दिएका एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता लिइरहेका छन् ।

एक लाख चार हजार २१२ मतगणना हुँदा गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका आचार्यले ४१ हजार ७०५ मत ल्याएर अग्रता लिइरहेका छन् । उनलाई ३८ हजार ३१० मत ल्याएर एमालेका कृष्ण थापाले पछ्याइरहेका छन् ।

मेयरका उम्मेदवार राप्रपाका शंकर खरालले ४ हजार ६९० र स्वतन्त्र उममेदवार गनेस पौडेलले २ हजार ६४९ मत पाएका छन् ।

यस्तै उपमेयरमा एमालेकी मन्जु गुरुङले ४३ हजार ६१६ मत ल्याएर अग्रता लिँदा कांग्रेसकी कोपीला रानाभाटले ४१ हजार ९२० मतसहित पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले ४ हजार ६२९ मत पाएकी छन् ।