माघे सङ्क्रान्तिकाे शुभकामना दिएर पोखरा लागेकी थिइन्, दुर्घटनामा परिन् गायिका छन्त्याल

माघे सङ्क्रान्तिकाे शुभकामना दिएर पोखरा लागेकी थिइन्, दुर्घटनामा परिन् गायिका छन्त्याल


काठमाण्डु- पोखरामा आइतवार दुर्घटनामा परेको जहाजमा चर्चित लोक गायिका निरा छन्त्याल पनि रहेको खुलेको छ। बाग्लुङ घर भएकी गायिका छन्त्याल आइतवार पोखरामा हुने कार्यक्रममा सहभागी हुन सो जहाजमा गएको पारिवारिक स्रोतले पुष्टि गर्‍यो ।

गायिका छन्त्यालको अवस्थाबारे कुनै आधिकारिक जानकारी नआए पनि यात्रु सूचीको ११ नम्बरमा उनको पनि नाम छ। उनले चार घण्टा अगाडि मात्रै आफ्नो फेसबुकबाट माघे सङ्क्रान्ति शुभकामना लेखेकी थिइन् । ‘छन्त्याल भवन काठमाडौँको माघी सकियो, भोलि पोखरामा रमाइलो गर्नुपर्छ,’ उनले लेखेकी थिइन्।