पोखरा – कास्की निर्वाचन क्षेत्र नम्बर–२ मा नेकपा उम्मेदवार विद्या भट्टराईले ८ हजारभन्दा बढी मतको अग्रता कायम गरेकी छन् ।
शनिबार सम्पन्न उपनिर्वाचनमा नेकपा उम्मेदवार भट्टराईले आइतबार १७ हजार ६६० मत ल्याउँदा उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार खेमराज पौडेले ९ हजार २ सय २४ मत प्राप्त गरेका छन् ।
कास्की २ का ११ वडा मध्ये ६ वटा वडाको मतगणना सकिसक्दा सत्तारुढ नेकपाकी विद्या भट्टराई ८ हजार ४ सय ३६ मतले अघि छिन् । पोखरा महानगरपालिकाका ११ वडा मध्ये ३३, २१, २०, १७, १६ र १५ को मतगणना सकिसकेको छ । मतगणना अझै जारी छ ।




प्रतिक्रिया