काठमाण्डु- पोखरामा दुर्घटना भएको यति एयरलाइन्सको ९ एन–एएनसी विमानले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा डेमो फ्लाइट गरेको खुलेको छ। २२ डिसेम्बरमा पोखराको पुरानो विमानस्थलबाट नयाँ विमानस्थलमा यही विमानले डेमो उडान गरेको थियो।
काठमाण्डुबाट पोखराका लागि उडेको ९ एन–एएनसी एटीआर जहाज ११ बजेर १० मिनेट जाँदा फेवा खोँचमा दुर्घटना भएको थियो । जहाजमा ६८ जना यात्रु र चालक दलका चार जना सदस्य सवार थिए ।
जहाज क्याप्टेन कमल केसी र कोपाइलट अन्जु खतिवडाले उडाएका थिए । एस हुन्चु र ओए मगर परिचारिका थिए ।




प्रतिक्रिया