पोखरामा सीजी मोटर्सको मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प आयोजना

पोखरामा सीजी मोटर्सको मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प आयोजना

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– पोखरामा सीजी मोटर्सले मेगा सेल्स एण्ड एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको छ । अर्चलबोट पोखरामा चैत ११ देखि १४ गतेसम्म एक्सचेन्ज क्याम्प आयोजना गर्ने भएको हो ।

यस क्याम्पमा ग्राहकले एवोन र एक्सपेङ ब्राण्डका विद्युतीय सवारी साधन विशेष मूल्य खरिद र एक्सचेन्ज गर्न पाउने छन् ।

ग्राहकहरूले आकर्षक नगद छुट, अन द स्पट फाइनान्स सुविधा, १ वर्षको अटो प्लस बीमा, एक्सचेन्ज बोनस, वाल माउन्ट होम चार्जर र चालु आवको सडक कर निःशुलक पाउने छन् ।

साथै, कार्यक्रम अवधिभर दैनिक लक्की ड्रको व्यवस्था पनि गरिनेछ। यो एक्सचेन्ज क्याम्पमा सहभागी हुने गहकले थप विशेष अफरहरू र टेस्ट ड्राइभ अवसर पनि पाउने कम्पनीले जनाएको छ ।