पोखरामा दशैंका बेला सशस्त्रको उपहार : यी रुटमा निःशुल्क बस सञ्चालन

पोखरामा दशैंका बेला सशस्त्रको उपहार : यी रुटमा निःशुल्क बस सञ्चालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – बडादशैंको मुख्य दिन कात्तिक २ गते सर्वसाधारणलाई आवतजावतमा समस्या नहोस् भन्नका लागि सशस्त्र प्रहरी बलले पोखरामा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ ।

टीकाको दिन सार्वजनिक सवारी साधनका चालकहरु पनि टीकामा ब्यस्त हुँदा गाडी अभाव हुनसक्ने भन्दै सशस्त्र प्रहरी बलको हुल तथा दङ्गा व्यवस्थापन तालिम शिक्षालय लामापाटनले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको हो ।

सशस्त्र बलको व्यानरसहितको २ वटा बसले सो दिन पोखराका विभिन्न रुटमा सेवा दिनेछ । बडादशैंको मुख्य दिन टीकाको दिन पूर्वाहृन १० बजे लामपाटनबाट बस छुट्नेछ । उक्त बस अमरसिंहचोक, मुस्ताङचोक, छोरेपाटन, लेकसाइड, जिरो किमी, सृजनाचोक, न्युरोड, चिप्लेढुङ्गा, नदीपुर, बगर हुँदै रानीपौवासम्मको रुटमा अपराहृन ४ बजे सम्म चल्नेछ ।

दशैंको अवधिभर हुन सक्ने कुनै पनि जोखिमका लागि तालिम शिक्षालयले एम्बुलेन्सको पनि निःशुल्क सेवा प्रदान गर्ने भएको छ ।