पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता, ८ अर्ब बिगो दाबी

पोखरा विमानस्थल भ्रष्टाचार : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दर्ता, ८ अर्ब बिगो दाबी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँचजना तत्कालीन मन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको छ ।

आइतबार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर गर्दै मुद्दा दायर गर्न अख्तियार विशेष अदालत पुगेकाे हाे ।

अख्तियारले तत्कालीन मन्त्रीहरू डा. रामशरण महत, पोष्टबहादुर बोगटी, रामकुमार श्रेष्ठ,भीम आचार्य र दिपक अमात्यलाई विपक्षी बनाएको छ । त्यस्तै १० जना तत्कालीन सचिवहरुलाई पनि विपक्षी बनाइएको छ ।

पूर्वसचिवहरू सुशील घिमिरे, सुरेशमान श्रेष्ठ, सुमनप्रसाद शर्मालगायत नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीसहित यसअघि संसदीय समितिले सिफारिस गरेका विभिन्न निकायका कर्मचारीहरुलाई पनि प्रतिवादी बनाइएको छ।

उनीहरुविरुद्ध ८ अर्ब ३६ करोड ७३ लाख बिगो दाबी गरिएको छ ।