पोखरामा कोरोना संक्रमित ५८ वर्षीय पुरुषको मृत्यु

पोखरामा कोरोना संक्रमित ५८ वर्षीय पुरुषको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखरामा कोरोनाभाइरस कोभिड-१९ बाट थप एकजनाको मृत्यु भएको छ । शनिबार (आज) पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रको आइसियूमा उपचाररत् पोखरा १४ का ५८ वर्षीय पुरूषको मृत्यु भएको हो ।

मृतक पुरुष नबिल बैंकको पोखरा समागृह शाखामा सुरक्षा गार्डको रुपमा कार्यरत थिए । मृतक पोखरा स्वास्थ्य विज्ञान प्रष्तिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा भदौ ७ गते भर्ना भएका थिए । प्रतिष्ठानका निर्देशक डाक्टर अर्जुन आचार्यका अनुसार उनमा पेट फुल्ने साथै आन्द्रामा समस्या देखिएको थियो ।

भदौ ७ गते उपचारका लागि अस्पताल आएका उनलाई कोरोना आशंका गरि ८ गते स्वाब जाँचका लागि पठाइएको थियाे  । स्वाब जाँच्दा उहाँमा कोरोना संक्रमण देखिएकाे थियाे ।’

शनिबार बिहान ११ बजे उनको अस्पतालको आइसोलेसन कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । हालसम्म गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ ।हालसम्म गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार ७७ जना पुगेका छन्।