पोखरा र गोरखाका लागि आजबाट टिकट बुकिङ खुल्यो

पोखरा र गोरखाका लागि आजबाट टिकट बुकिङ खुल्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । पोखरा र गोरखा जाने सर्वसाधारण यात्रुका लागि अग्रिम टिकट बुकिङ खुला भएको छ ।

असोज ५ गतेदेखि लामो दूरीका यात्रुका लागि टिकट बुकिङ खुला गरिए पनि पोखरा र गोरखाका लागि भने आजदेखि मात्र टिकट बुकिङ खुला गरिएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

गोरखा र पोखराका लागि नयाँ बसपार्कबाट मात्र टिकट लिने व्यवस्था गरिएपछि नयाँ बसपार्कमा टिकट लिनेको घुइँचो लागेको छ ।  दशैँको टिकट खुला भएसँगै संस्कार समाज नेपालले यात्रुलाई सुरक्षित यात्राका लागि ‘असल संस्कार सिकौँ सिकाऔँ, आफ्नो देश आफैं बनाऔँ’ भन्ने मूल लक्ष्यसहित एक हजार सवारीसाधनमा जनचेतनामूलक सामग्रीसहितको पेनड्राइभ वितरण गरेको छ ।

संस्कार समाज नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखा र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घसँगको सहकार्यमा बिहीबारदेखि पेनड्राइभ वितरण गर्न शुरु गरेकोे संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरुङले जानकारी दिए ।