पोखरा अपडेटः ५५ हजार २६७ मत गणना : कसले कति ल्याए ?

पोखरा अपडेटः ५५ हजार २६७ मत गणना : कसले कति ल्याए ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की – पोखरा महानगरपालिकाको मेयरमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्यले अग्रता कायम राखेका छन् । ५५ हजार २६७ मत गन्दा आचार्यले २२ हजार ८५२ मत ल्याएर अग्रता जोगाइराखेका छन् । उनलाई एमालेका उम्मेदवार कृष्ण थापाले २० हजार १३२ मत ल्याएर पछ्याइरहेका छन् ।

यस्तै राप्रपाका शंकर खरालले दुई हजार ३०४ र स्वतन्त्र उम्मेदवार गनेश पौडेलले एक हजार ३१२ मत ल्याएर आचार्य र थापालाई पछ्याइरहेका छन् ।

यसैगरी, उपमेयरमा कांग्रेसबाट उम्मेदवारी दिएकी कोपिला रानाभाटले २३ हजार १६४ मत ल्याएर अग्रता लिइरहेकी छन् । उनलाई २३ हजार २१ मत ल्याएर एमालेकी मन्जु गुरुङले पछ्याइरहेकी छन् । राप्रपाकी रन्जना सेनले दुई हजार ९९ मत ल्याएकी छन् ।