पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

पोखराको महेन्द्रपुल क्षेत्रको सडक भासियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पोखरा – पोखराको मख्य सहरी क्षेत्रमा पर्ने महेन्द्रपुलको सडक भासिएको छ । आइतबार साँझ पोखरामा भारी वर्षा भइरहँदा महेन्द्रपुलस्थित गरिमा विकास बैंकको अगाडीको सडक भासिएको हो ।

पोखरा–९, विशालबजार अगाडिको व्यस्त सडक खण्ड भासिएपछि सवारी आवागमनमा असुविधा भएको छ भने स्थानीय त्रसित बनेका छन् । भासिएको सडक नजिकै कार रहे पनि सो कार भ्वाङमा पर्नबाट जोगिएको छ ।

कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले सडक भासिएको र त्यसबाट कुनै क्षति नभएको बताए । गएराति ८ बजेदेखि पोखरामा निरन्तर वर्षा भैरहेको छ ।