पोखरामा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियो

पोखरामा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको छ ।

 कास्की क्षेत्र नं. २ को उपचुनावका क्रममा पोखरा महानगरपालिका-३३ बरपाण्डे थुम मतदानस्थलमा मतदान अधिकृतले हस्ताक्षर नगरिएको एउटा मतपत्र भेटिएको हो ।

२४१ औं मतदाताले मत हाल्न खोजदा हस्ताक्षर नभएको मत भेटिएको भन्दै बिरोध र होहल्ला भएको थियो । अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भइ केही समय मतदानसमेत रोकिएको थियो । तर, सर्वदलीय बैठकले विवाद समाधान गरेपछि पुनः मतदान भइरहेको छ ।

मतदान प्रतिनिधि र दलीय प्रतिनिधिबीच प्रमाण दाँजेर हेर्दा उक्त मतपत्र सदर गर्ने सहमतिपछि मतदान प्रकियाले निरन्तरता पाएको हो ।