प्रधानमन्त्रीविरुद्ध पोखरामा नेकपा निकट विद्यार्थीको प्रदर्शन

प्रधानमन्त्रीविरुद्ध पोखरामा नेकपा निकट विद्यार्थीको प्रदर्शन


पोखरा – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गर्ने प्रस्ताव गरेसँगै पोखरामा विद्यार्थीहरुले आन्दोलन सुरु गरेका छन् ।

पोखराको पृथ्वीनारायण क्याम्पसको गेटबाहिर नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, र नेता माधवकुमार नेपाल पक्षधर अनेरास्ववियुका विद्यार्थी, जनता समाजवादी पार्टीका विद्यार्थी संगठनले नाराबाजी गरेका हुन् ।

अनेरास्ववियूका कार्यवाहक अध्यक्ष सन्तोष न्यौपानेले ओलीको कदम अलोकतान्त्रिक भएको बताए । उनले प्रधानमन्त्रीले संविधानमाथि ‘कू’ गरेको भन्दै चरणवद्ध आन्दोलन सुरु भएको बताए ।

प्रदर्शनका क्रममा विद्यार्थीहरुले प्रहरीमाथि ढुंगा प्रहार समेत गरेका छन् ।