काठमाण्डु — पोखरामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठको पुत्ला दहन गर्न खोज्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपाध्यक्ष नेत्र चापागाईँ, ईश्वर नेपाली, र रेशम सापकोटा रहेको प्रहरीले जनाएको छ ।
उनीहरुले सञ्चारकर्मी रुपा सुनारलाई जातीय विभेद गर्ने घरबेटीलाई छुटाएको भन्दै पोखराको मानवअधिकार चोकमा शिक्षा मन्त्री श्रेष्ठको पुत्ला दहन गरेका थिए ।




प्रतिक्रिया