पोखरा हवाइ दुर्घटना : छ जनाको ‘डीएनए’ परीक्षण सुरु

पोखरा हवाइ दुर्घटना : छ जनाको ‘डीएनए’ परीक्षण सुरु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पोखरा हवाइ दुर्घटनामा मृत्यु भएकामध्ये छ जनाको शव पहिचान गर्न ‘डीएनए’ परीक्षण सुरु भएको छ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) शिक्षण अस्पतालका फरेन्सिक मेडिसिन विभागका प्रमुख डा. गोपालकुमार चौधरीले दुर्घटनाान परी शव अत्यधिक जलेको कारणले डीएनएबाट मात्र शव पहिचान हुने भएकाले परीक्षण सुरु गरिएको जानकारी दिए।

उनका अनुसार नेपाल प्रहरीको डिएनए प्रयोगशालामा शव पहिचान सुरु गरिएको हो। उनले परिवारको नमुना संकलन र छ वटा शवको हड्डी र दाँतको डीएनए निकाली प्रयोगशालामा पठाइसकेको जानकारी दिए।

यो विधिबाट शव पहिचान गर्न कम्तीमा दुई हप्ता लाग्ने जनाइएको छ। काठमाडौँ ल्याएका ४८ मध्ये फरेन्सिक र फिंगर फ्रिन्टबाट ४२ जनाको शव पहिचान गरिएको थियो। पोखरामा २२ जनाको फरेन्सिक जाँच शव पहिचान गरिएको हो।

गत माघ १ गते काठमाडौँबाट पोखरातर्फ गइरहेको यती एयरलाइन्सका जहाज सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको थियो। -रासस