पोखरा प्रिमियर लिग विजेताले २७ लाख पाउने


काठमाडौं – पोखरामा यसै सातादेखि शुरु हुने पोखरा प्रिमियर लिग (पिपिएल) टी–२० क्रिकेट प्रतियोगिताको विजेता टोलीले २७ लाख प्राप्त गर्ने भएको छ ।

क्विन्स इभेन्ट्स प्रालिको आयोजनामा यही कात्तिक ९ देखि २० गतेसम्म चल्ने उक्त प्रतियोगिताको उपविजेता टोलीले १० लाख तथा ‘म्यान अफ द सिरिज’, उत्कृष्ट ‘ब्याट्सम्यान’ र उत्कृष्ट ‘बलर’ले सुजुकी जिक्सर १५५ सिसीको मोटरसाइकल पाउने निर्णय गरिएको प्रबन्ध निर्देशक छुम्बी लामाले जानकारी दिए ।

प्रत्येक खेलमा ‘म्यान अफ द म्याच’ घोषित हुनेले रु १० हजार र प्रायोजकबाट पाँच हजार बराबरको उपहार प्राप्त गर्नेछन् । प्रत्येक खेलको विजेता टोलीले भने १५ हजार पाँच सय प्राप्त गर्नेछ । प्रतियोगितामा पोखरा पल्टन, विराटनगर टाइटन्स, काठमाडौँ रोयल्स, चितवन राइनोज, बुटवल ब्लास्टर र एक्स्पर्ट धनगढी ब्लुज गरी ६ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement