कास्की – जिल्लाको रुपा गाउँपालिकामा राखिएको क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ ।
२ दिनअघि भारतबाट नेपाल आएका ५० वर्षीय विश्वबन्धु विकको बुधबार साँझ मृत्यु भएको हो । उनलाई चारदिनअघि गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको थियो ।
गाउँपालिका अध्यक्ष नवराज ओझाका अनुसार विक मुटु र कलेजोलगायतमा समस्याबाट ग्रसित थिए ।




प्रतिक्रिया