पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटले हरायो

पोखरा एभेन्जर्सलाई जनकपुरले ७ विकेटले हरायो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– नेपाल प्रिमियर लिग (एनपिएल)को आठऔं खेलमा जनकपुरले सानदार जित हात पारेको छ । पोखरा एभेन्जर्सलाई ७ विकेटले हराउँदै जनकपुरले जित हात पारेको हो ।

पोखराले दिएको १३८ रन पछ्याएको जनकपुरले १७.१ ओभरमा ३ विकेट गुमाएर १४३ रन बनायो ।  जनकपुरकालागि सर्वाधिक लाहिरु मिलान्थाको ४५,नीशमको अविजित ४०, आसिफ शेखले ३३ र हर्स ठाकेरले १३  रन जोडे ।

पोखराकालागि विपिन खत्री, माइकल लिस्क र कुशल भुर्तेलले १–१ विकेट लिए ।

पहिलो इनिङ्समा पोखराले २० ओभरमा ७ विकेट गुमाएर १३८ रन जोड्यो । पोखराका लागि म्याथु क्रिस्टले सर्वाधिक ३५ रन जोडे भने माइकल लिस्कले २५, दिनेश खरेल १०, रेमोन रेफर १७, दिलीप नाथले ११, कुशल भुर्तेलले ६ रन जोडे ।

जनकपुरका लागि ललित राजवंशीले ३, जेम्स निसमले २, मोहम्मद मोहसिन र किशोर महतोले समान एक एक विकेट लिए ।