चोलेन्द्रको एक्सन, उच्च अदालत पोखराका न्यायाधीश बर्खास्त


काठमाडौं – उच्च अदालत पोखराका न्यायाधीश नरबहादुर शाही बर्खास्त भएका छन् । गोर्खा ब्रुअरीको राजस्वको मुद्दामा न्यायाधीश शाहीले क्षेत्र अधिकारभन्दा बाहिर गएर निर्णय सुनाएका थिए ।

यही विषयलाई लिएर सर्वोच्व अदालका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजलाशले क्षेत्र अधिकार मिचेर फैसला गरेको भन्दै कारबाही गर्ने आदेश दिएको थियो । मुख्य न्यायाधीशमा तिलप्रसाद श्रेष्ठ नियुक्ति गरिएको छ ।

उच्च अदालत पोखराका न्यायाधीश हुँदा शाहीले र न्यायाधीश जीवनहरि अधिकारको संयुक्त गोर्खा ब्रुअरीको ८८ करोड रुपैयाँ कर निर्धारण नगर्न अन्तरिम आदेश दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement