माधव नेपालको पार्टीलाई पोखरामा धक्का : जनप्रतिनिधिहरुले एमाले नछाड्ने

माधव नेपालको पार्टीलाई पोखरामा धक्का : जनप्रतिनिधिहरुले एमाले नछाड्ने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – कास्कीका जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीलाई साथ नदिने भएका छन् ।

पोखरामा आयोजित निर्वाचित जनप्रतिनिधिहरूको भेलामा कास्कीबाट निर्वाचित भएका २८२ जना जनप्रतिनिधिले एमालेमै रहने घोषणा गरेको एमाले कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिए ।

पोखरा महानगरपालिकामा एमालेबाट ७१ जना पुरुष र ५१ जना महिलासहित १२२ जना जनप्रतिनिधि निर्वाचित भएका थिए । नेकपा एमाले औपचारिकरुपमा विभाजन भएपछि माधव कुमार नेपाल नेतृत्वमा नेकपा एकीकृत समाजवादी पार्टी दर्ता भएको छ ।

एमालेका जनप्रतिनिधिहरुलाई भदौ २२ गतेसम्मद ल रोज्नकालागि निर्वाचन आयोगले समय दिएको छ ।