काठमाण्डु – न्याय सेवा आयोगले परीक्षा पास गर्ने एक्ला व्यक्ति पारसमणि पोखरेललाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ ।
जिल्ला न्यायाधीशको लिखित परीक्षामा १ मात्रै नाम निकालेका पोखरेललाई सोमबार आयोगले नियुक्तिका लागि प्रधानन्यायाधीशसमक्ष सिफारिस गरेको छ ।
आयोगले आईतबार सार्वजनिक गरेको नतिजाअनुसार साउन १६ गतेदेखि २० गतेसम्म लोकसेवा आयोगमार्फत लिएको जिल्ला न्यायाधीशको परीक्षामा २११ जना सहभागी भए पनि उपसचिव पोखरेलले मात्रै उत्तीण गरेका थिए । सोमबार अन्तर्वार्ता गरेर नियुक्तिका लागि पठाइएको आयोगले जानकारी दिएको छ ।





प्रतिक्रिया