बेइजिङमा एमाले महासचिव शंकर पोखरेलले उठाए चुच्चे नक्साको विषय


काठमाण्डु- नेकपा एमालेका महासचिव शंकर पोखरेल र चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियनचाओबीच भेटवार्ता भएको छ ।

सोमबार बेइजिङमा महासचिव पोखरेल र सीपीसीका विदेश विभाग प्रमुख लिउबिच भेटवार्ता भएको हो । भेटवार्तामा महासचिव पोखरेलले १८१६ को सुगौली सन्धीको मर्मअनुसार नेपालको नक्सा सांसदबाट पास गरेर औपचारिक रूपमा जारी गरेको जानकारी गराएका छन् ।

चुच्चे नक्साका कारण दबाब र अप्ठ्याराहरूको पनि सामना गर्नु परेको भन्दै पोखरेलले जारी नक्साका सन्दर्भमा सोही अनुसार आफूहरूले चीनको पनि साथ चाहेको बताएका छन् ।

‘हामी चीन सरकार र चिनियाँ कम्युिनष्ट पार्टीको साथ चाहन्छौँ । हामी एक चीनको पक्षमा दृढ छौँ । नेपालको भूमिबाट चीन विरोधी गतिविधि गर्ने कामलाई अस्वीकार गर्छौ ।’, पोखरेलले भने ।

त्यस्तै उनले नेकपा (एमाले) असंलग्न परराष्ट्र नीति र पञ्चशीलको आधारमा अन्तर्राष्ट्रिय सम्बन्ध र सहकार्यलाई कायम राख्न चाहेको समेत बताए । भेटका क्रममा चिनियाँ विदेश विभाग प्रमुख लिउ जियनचाओले एक चीन नीतिमा दृढ रहेकोमा एमाले र महासविच पोखेरेललार्ई धन्यवाद दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement