एमालेको संकल्प र योजना जारी रहनेछः ईश्वर पोखरेल

एमालेको संकल्प र योजना जारी रहनेछः ईश्वर पोखरेल


काठमाण्डु- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम मात्रै सकिएको बताएका छन् ।

झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि सामाजिक सञ्जाल फेसबुकमार्फत पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी रहने बताएका हुन् ।

‘यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।’, उनले भनेका छन् ।

शान्तपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने उनको भनाइ छ । ‘सामाजिक सद्भाव र त्यही सामाजिक सद्भावमा टिकेको राष्ट्रिय एकतालाई कमजोर बनाउने , जनताका विचमा द्वेष भाव फैलाउन चाहने , मुलुकलाई हिंसाको बाटोमा लैजान चाहने बिचार र गतिविधिहरूलाई पनि यस विचमा नियाल्ने मौका पाएका छौं । एमाले राष्ट्र जनताको पक्षमा दृढतापूर्वक उभिइरहनेछ । कुनै पनि विशाक्त तथा मुलुक र नेपाली जनताको हीत विपरितका विचार गतिविधिका विरूद्ध एमाले चट्टानी ढंगले उभिरहनेछ । यस यात्रामा देखिएको एमालेप्रति जनताको रूची, माया, सद्भाव र समर्थनप्रति हार्दिक आभार । लाखौं जनता स्वतः परिचालित भएर जसरी एमालेको यो अभियानमा सामेल हुनुभएको छ त्यसले सिंगो एमाले पंक्तिलाई उर्जा र शक्ति प्राप्त भएको छ ।’, पोखरेलले भने ।