सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल अमेरिका उडे

सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन रक्षामन्त्री पोखरेल अमेरिका उडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं- उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेल अमेरिका प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत शान्ति सेनाको क्षमता, दक्षता र सुरक्षा सम्वन्धी मन्त्रिस्तरीय सम्मेलनमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मन्त्री पोखरेल मंगलबार राती अमेरिका गएका हुन् ।

मन्त्री पोखरेलले १५ चैतमा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्कमा हुने मन्त्रीस्तरिय बैठकलाई सम्वोधन गर्ने कार्यक्रम छ ।

संवोधनका क्रममा संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति स्थापनाका लागि कार्यरत नेपाली सेना र प्रहरीले पुर्‍याइरहेको योगदानलाई अन्र्तराष्ट्रिय जगत समक्ष उजागर गरिने मन्त्री पोखरेलको सचिवालयले जनाएको छ ।

हाल विश्वका ११ देशका १२ वटा मिसनमा नेपाली सैनिक शान्ति स्थापनार्थ कार्यरत छन् ।

भ्रमणका क्रममा संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुट्टेस, उपमहासचिव अतुल खरे, संयुक्त राष्ट्रसंघीय शान्ति स्थापना विभागका उपमहासचिव जिन पियरे ल्याक्रोइक्स तथा वरिष्ठ अमेरिकी रक्षा अधिकारीहरुसँग मन्त्री पोखरेलले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । मन्त्री पोखरेल २० चैतमा स्वदेश फर्किने छन् ।