कालापानी र लिपुलेक हाम्रो हो, फिर्ता गराउँछौँ : उपप्रधानमन्त्री पोखरेल


उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले भारतले जारी गरेको नयाँ नक्सामा कालापानी र लिपुलेक गाभेको देखिएकाले यसलाई फिर्ता गराउन सरकारले राजनीतिक र कूटनीतिक प्रयास गरिरहेको बताएका छन्।

विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री पोखरेलले कालापानी र लिपुलेक हाम्रो भूमि भएको बताए। पोखरेलले नेपालको सीमा सम्बन्धमा सरकारले भारतीय सरकारलाई औपचारिक पत्र पठाइसकेको जानकारी दिए।

प्रतिक्रिया दिनुहोस
Advertisement