प्रहरीहरू भन्छन्- थाहा थियो तर ‘आलमलाई जोगाए’

प्रहरीहरू भन्छन्- थाहा थियो तर ‘आलमलाई जोगाए’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

गौर – निलम्बित सांसद मो. अफताब आलम जोडिएको बम विस्फोट र हत्याका घटना भएको तत्कालीन प्रहरी अधिकारीहरूले स्वीकार गरेका छन्। तर, जबाफदेहिताबाट उनीहरू पन्छिएका छन्। आलमलाई पक्राउ गरी अनुसन्धान गरिरहेको जिल्ला प्रहरीसामु उनीहरूले ‘हो, घटना भएको थियो’, ‘थाहा थियो’, ‘कारबाही गर्नू भनेको थिएँ’ जस्ता उत्तर दिएका छन्।

त्यस बेलाका जिल्ला र इलाका इन्चार्जदेखि केन्द्रैसम्मका प्रहरी अधिकारीमाथि थाहा पाएर पनि कारबाहीको दायरामा नल्याएको प्रश्न उब्जिएको छ। प्रहरीसँगको उनीहरूको बयान यस्तो छ–

विस्फोट भएकै हो

ओमविक्रम राणा, तत्कालीन प्रहरी महानिरीक्षक

विस्फोट सम्बन्धमा अनुसन्धानमा रहेका अधिकृतले घटना विवरण जानकारी गराए। त्यतिखेर बम बिस्फोट भएको देखिन्छ। केही मानिस घाइते भएको र केही मृत्यु भएको भन्ने रिपोर्टिङ भएको थियो भन्ने लाग्छ। त्यस्तो रिपोर्टिङ भएपछि निष्पक्ष रूपमा अनुसन्धान गरी कानुनबमोजिम कारबाही गर्न निर्देशन दिएको थिएँ।

२०६४ चैत २७ गते आलमका काका सेख इद्रिसको गोठमा बम विस्फोट हुँदा घाइते तथा मृत्यु भएकाहरूलाई इँटाभट्टामा जलाएको आरोपमा गत असोज २६ गते नेता आलम पक्राउ परेका थिए। सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयले २०७५ चैत ८ गते पछिल्लोपटक जिल्ला प्रहरी कार्यालयलाई मुद्दा अनुसन्धान गर्न पत्राचार गरेपछि घटनाका मुख्य आरोपित भनिएका नेता आलम पक्राउ परेका हुन्।

रौतहटको यमुनामाई गाउँपालिका–४ का त्रिलोकप्रताप सिंह मारिएको भन्दै बाबु श्रीनारायण सिंह र ओसी अख्तर मारिएको भन्दै आमा रोक्साना खातुनले कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।