काठमाण्डु- उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ प्रकाशले प्रहरी जवान र हवल्दारलाई १६ वर्षमा नै अवकास दिने प्रस्ताव तयार भइसकेको बताएका छन् । संसदमा आइतबार गृहमन्त्रालयको बजेटमाथि उठेका प्रश्नको जवाफ दिने क्रममा गृहमन्त्री श्रेष्ठले ३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेश अनुसार नयाँ कानुनको मस्यौदा प्रताव गरिएको बताएका हुन् ।
‘३० वर्षको सेवा अवधि हटाउने सन्दर्भमा सर्वोच्च अदालतको आदेशअनुसार कानुनमा नै व्यवस्था गर्नुपर्ने भएकाले नयाँ कानुनको मस्यौदामा त्यसलाई प्रस्ताव गरिएको छ । त्यो कानुन यही सदनमा आउनेछ । जवान, हवल्दारहरु १९÷१९ वर्ष एउटै पदमा रहिरहँदा पीडित भइरहेका छन् ’, उनले भने । एसएसपीबाट ९ महिनामा डीआईजी, एआईजी हुँदै आईजीपी भए पनि प्रहरी जवानदेखि सईसम्म पदोन्नतीको व्यवस्था राम्रो नभएको गृहमन्त्री श्रेष्ठकाे भनाइ छ ।




प्रतिक्रिया