प्रहरीले महानगरको डोजरको चाबी खोसेपछि कपन क्षेत्रमा तनाब


काठमाण्डु- काठमाण्डु महानगरपालिकाले कपन खोलामाथि राखिएको स्ल्याब हटाउन खोजेपछि विवाद उत्पन्न भएको छ । महानगरको वडा नम्बर ‍६ र ७ स्थित खोलामा राखिएको स्ल्याब हटाउन खोजेपछि स्थानीय र महानगर प्रहरीबीच विवाद भएको हो ।

महानगरसँग सीमा जोडिएको बूढानीलकण्ठ र गोकर्णेश्वर नगरपालिकाका स्थानीयले विरोध जनाएपछि केहीबेर तनाब उत्पन्न भएको थियो । महानगर र स्थानीयबीच तनाब उत्पन्न भएपछि नेपाल प्रहरीले स्ल्याब हटाउनबाट रोकेको छ । त्यसक्रममा प्रहरीले महानगरको डोजरको चाबी खोसेको हो ।

स्थानीयको आक्रोशबीच महानगरले स्ल्याब हटाउन बल गरेपछि स्थिति थप तनाबग्रस्त हुन नदिन डोजरको चाबी खोसिएको जनाइएको छ । प्रहरीले डोजरको चाबी खोसेपछि समर्थन र विरोधमा नाराबाजी भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement