नेपाल प्रहरीका पाँच एआईजीको सरुवा, को कहाँ पुगे ?

नेपाल प्रहरीका पाँच एआईजीको सरुवा, को कहाँ पुगे ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक (एआईजीपी)हरुको सरुवा गरिएको छ । मन्त्रिपरिषद् बैठकको निर्णय अनुसार पाँच एआईजीको सरुवा गरिएको हो । जसअनुसार काटमाण्डु उपत्यका प्रहरी कार्यालयका एआईजी श्याम ज्ञवालीलाई प्रहरी प्रधान कार्यालय कार्यविभागमा सरुवा गरिएको छ ।

प्रशासन विभागका एआईजी दीपक थापालाई उपत्यका प्रहरी कार्यालयमा सरुवा गरिएको छ । त्यस्तै प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सन्दीप भण्डारीको सरुवा भएको छ भने प्रशासन विभागमा मिरा चौधरी सरुवा भएकी छन् । यता मानव स्रोत विभागमा टेकबहादुर राईको सरुवा भएको भएको छ ।