आममाफी बदर भएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचालन

आममाफी बदर भएपछि रिगललाई पक्राउ गर्न प्रहरी परिचालन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – राष्ट्रपतिले योगराज ढकाल ‘रिगल’लाई दिएको आममाफी सर्वाेच्च अदालतले बदर गरेपछि उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको छ ।

रिगललाई पक्राउ गरेर अदालतमा बुझाउने तयारी थालिएको प्रहरी प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।

अदालतको आदेशलगत्तै उनको खोजीमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ ।

रिगलले ११ वर्ष ११ महिना ५ दिन कैद सजाय असूलउपर गर्नुपर्ने बाँकी छ । न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र डा. कुमार चुडालको पूर्ण इजलासले रिगललाई तत्काल पक्राउ गर्न परमादेश दिएको छ ।

नेपालगञ्जका चेतन मानन्धरको हत्यामा तीनै तहका अदालतले रिगललाई जन्मकैदको सजाय गरेको भए पनि संविधान दिवसको अवसर पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आममाफी दिएका थिए ।