साइबर ब्युरोले भन्यो – भीपीएनबाट टिकटक चलाउँदा आर्थिक दुरुपयोग बढ्यो

साइबर ब्युरोले भन्यो – भीपीएनबाट टिकटक चलाउँदा आर्थिक दुरुपयोग बढ्यो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीको साइबर ब्युरोले भीपीएन र डीएनएसको प्रयोगले आर्थिक दुरुपयोगका घटना बढेको जनाएको छ ।

आज मंगलबार विज्ञप्ति जारी गर्दै ब्युरोले भीपीएन र डीएनएस प्रयोग गरी टिकटक नचलाउन अनुरोध गरेको छ ।

असुरक्षित माध्यमबाट टिकटक चलाउँदा प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण विवरण चोरी भइरहेको समेत ब्युरोले जनाएको छ । ‘भीपीएन र डीएनएसको प्रयोगले प्रयोगकर्ताको डिभाइसमा रहेका महत्त्वपूर्ण डाटा, व्यक्तिगत विवरण, बैंकिङ विवरणहरूको समेत पहुँच पुर्‍याई चोरी भई आर्थिक दुरुपयोगका घटना साइबर सुरक्षाको दृष्टिकोणले समेत बढिरहेको पाइएको छ,’ ब्युरोले भनेको छ, ‘प्रविधिको दुरुपयोग गरी प्रयोग नगर्न/नगराउन हुन सबैमा नेपाल प्रहरी साइबर ब्यूरो अनुरोध गर्दछ ।’

विद्युतीय स्वरूपमा गैरकानूनी कुरा सम्प्रेषण गर्ने, सम्प्रेषण गरिएका गलत सामग्रीले व्यक्ति तथा समाजलाई नकारात्मक प्रभाव पार्नुका साथै व्यक्तिको चरित्र हत्या गर्ने, सार्वजनिक नैतिकता, जातीय, भाषिक, धार्मिक सद्भाव खल्बल्याउने र राष्ट्रिय एकता तथा राष्ट्रहितमा प्रतिकूल असर पार्ने लगायतका दुष्प्रभाव सिर्जना गर्ने गतिविधि टिकटकको माध्यमबाट हुने गरेको पाइएको ब्युरोका प्रहरी उपरीक्षक नरेन्द्र चन्दले जनाएका छन् ।