काठमाण्डु – नेपालमा लागूऔषध कारोबारमा महिलाहरूको प्रयोग बढेको पाइएको छ ।
नेपाल प्रहरीको लागूऔषध नियन्त्रण ब्युरोले लागूऔषध कारोबारमा महिलाहरू बढी प्रयोग हुने गरेको अनुसन्धानको क्रममा खुल्न आएको जनाएको छ ।
नेपाल बार एशोसिएशन महिला समितिले बुधबार काठमाण्डुमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै ब्युरोका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक गोविन्द थपलियाले महिलाहरूले त्यस्तो काम गर्दैनन् भन्ने विश्वासको आधारमा पनि कारोबारमा बढी प्रयोग गरेको पाइएको बताए ।
नेपालमा लागूऔषध प्रयोगकर्ताहरू बढ्नुमा आर्थिक समस्या नै मूल कारण भएको थपलियाले बताए । साथीभाइको संगतले यस्तो काममा नाबालक समेत संलग्न हुने गरेको ब्युरोको निष्कर्ष छ ।
उनले भने, ‘२०७६ सालमा लागूपदार्थ प्रयोगकर्ताको संख्या १ लाख ३० हजार छ । यसमा महिलाको संख्या ८ हजार ७ सय र पुरुषको १ लाख २१ हजार छ । महिलाहरू बाहिर एक्सपोज कम हुन्छन् ।’
महिलाहरू एक्सपोज हुन नचाहने भएकाले पनि तथ्यांक कम देखिएको हुनसक्ने प्रहरीको बुझाइ छ ।




प्रतिक्रिया