प्रहरी कर्मचारीका परिवारलाई च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान

प्रहरी कर्मचारीका परिवारलाई च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान


प्यूठान – समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत प्रहरी कर्मचारीका परिवारहरूका लागि सिताके च्याउँ खेती सम्बन्धी स्थलगत तालिम प्रदान गरिएको छ ।

एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानको आयोजना तथा जिल्ला प्रहरी कार्यालय प्यूठानको समन्वय र सहकार्यमा जिल्ला प्रहरी कार्यालय प्यूठानको प्राङ्गणमा आईतबार तालिम सञ्चालन गरिएको थियो ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख प्रहरी नायव उपरीक्षक इश्वर थापाले यस्ता सीपमूलक तालिमले प्रहरी कर्मचारीका परिवारहरूलाई आयआर्जन तथा आत्मनिर्भर बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा एकीकृत कृषि तथा पशुपंक्षी विकास कार्यालय प्यूठानका निमित्त कार्यालय प्रमुख उमेशचन्द्र श्रेष्ठले सिताके च्याँउ खेती सम्बन्धी तालिम नमूनाको रूपमा जिल्लामै पहिलोपटक सञ्चालन गरिएको र यसलाई आगामी दिनमा थप विस्तार गर्ने लक्ष्य लिएको बताए ।

कार्यक्रममा कृषि अधिकृत केशवराज खनाल र कृषि प्रशिक्षक आमोश चौधरीबाट स्थलगत अनुशिक्षण तथा अभ्यास समेत गराइएको थियो ।