काठमाडौं– प्रहरीले काठमाडौंको गोंगबु मित्रनगरमा गोली चलााएको छ।
गोंगबुको लक प्रालि गेष्ट हाउसमा बसेका हतियार कारोबारी अभिलास तामाङलाई पक्रउा गर्न महानगरीय प्रहरी परिसरको टोलीले मंगलबार बेलुका गोली चलाएको हो।
उनलाई नियन्त्रणमा लिन प्रहरी पुगेपछि तामाङले गोली हानेका थिए। प्रहरीको जवाफी फाइरिङमा तामाङको खुट्टामा गोली लागेको थियो। र, उनी प्रहरी नियन्त्रणमा छन्।
काठमाडौंका एसपी अशोक सिंहका अनुसार तामाङको साथबाट एकथान चाइनीज पेस्तोल र ६ राउण्ड गोली बरामद भएको छ।
तामाङको खुट्टामा गोली लागेपछि उपचारार्थ शिक्षण अस्पताल लगिएको छ।




प्रतिक्रिया