प्रहरीको हेलिप्याड नजिकै सकेट बम फेला, सेनाको टोलीलाई बोलावट

प्रहरीको हेलिप्याड नजिकै सकेट बम फेला, सेनाको टोलीलाई बोलावट


संखुवासभा – जिल्ला प्रहरी कार्यालय संखुवासभाको हेलिप्याड नजिकै सकेट बम फेला परेको छ ।

आज बुधबार प्रहरीको हेलिप्याड नजिकै सकेट बम फेला परेको प्रहरी प्रमुख डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

बम डिस्पोज गर्न सदरमुकाम खाँदबारीमा रहेको नेपाली सेनाको नयाँ भैरवी दल गुल्मको टोलीलाई बोलाइएको छ ।

सरसफाई गर्ने क्रममा प्रहरी कार्यालयको हेलिप्याड नजिकै प्रहरीले नै शंकास्पद वस्तु फेला पारेपछि सेनालाई बोलाइएको छ ।