डीआईजी चन्दको राजीनामा भएन स्वीकृत, १० दिन बिदामा पठाइयो

डीआईजी चन्दको राजीनामा भएन स्वीकृत, १० दिन बिदामा पठाइयो


काठमाण्डु – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) अर्जुन चन्दको राजीनामा प्रहरी प्रधान कार्यालयले स्वीकृत नगरी फर्काएको छ ।

मानव स्रोत विभागमा पुगेको डीआईजी चन्दको राजीनामा पत्र रितपूर्वक नभएको भन्दै फिर्ता गरिएको छ ।

विमानस्थलको विवाद चर्किएका बेला गत शनिबार उनले राजीनामा दिएका थिए । घरायसी कारण देखाएर गरिएको राजीनामा प्रहरी प्रधान कार्यालयको मानव स्रोत विभागमा पुगे पनि फिर्ता भएको छ । सोमबार प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवर, मानवस्रोत विभागका प्रमुख एआईजी टेकप्रसाद राईले चन्दसँग छलफल गरेर १० दिने बिदा स्वीकृत गरेका प्रहरी स्रोतले जनाएको छ ।

विमानस्थलमा अध्यागमन कर्मचारी र प्रहरीबीच विवाद भएको विषयमा प्रहरी कर्मचारीमाथि कारवाही सिफारिस भएपछि चन्द असन्तुष्ट थिए ।