काठमाण्डु – कार्यालयबाट घर फर्किने क्रममा गाडीबाट खसेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको घटनामा छानबिन समिति गठन गरिएको छ ।
प्रहरी प्रभाग बलम्बुमा कार्यरत हेमराज एलजीको बिहीबार साँझ सतुंगलमा मृत्यु भएको थियो ।
गाडीबाट ओर्लिने क्रममा प्रहरीकै गाडीबाट खसेका उनको एपीएफ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
घटनाको छानबिनका लागि काठमाण्डु उपत्यका प्रहरी कार्यालयका एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति गठन गरिएको छ । समितिमा एसपी मिलन केसी र डीएसपी अनिल अधिकारी सदस्य छन् ।




प्रतिक्रिया