आठ हजार ४२६ जना प्रहरीले छाडे संगठन

आठ हजार ४२६ जना प्रहरीले छाडे संगठन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – प्रहरी प्रधान कार्यालयका अनुसार २०७१ सालपछि आठ हजार ४२६ जना प्रहरीले संगठन छाडेका छन्। छाडेका अधिकांश वैदेशिक रोजगार र आफ्नै व्यवसाय गर्दै आएका छन्।

विशेषगरी दुबई सेक्युरिटी गार्ड र प्रहरीमा जान तल्लो दर्जाका प्रहरीले पेन्सन अवधि पुग्नासाथ राजीनामा दिने गरेको बताउँछन् प्रहरी केन्द्रीय प्रवक्ता एसएसपी उत्तमराज सुवेदी। यस वर्ष जवानदेखि सइसम्म १५९ जनाले राजनीनामा दिइसकेको छ। ठूलो संख्यामा दरबन्दी खाली भएपििछ पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ।

माथिल्ला दर्जाको बढुवा भएपछि रिक्त पद छिट्टै पूर्ति गर्न कम्तीमा दुई वर्ष लाग्ने मुख्यालयले जनाएको छ। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ ।