काठमाण्डु – १ लाख रुपैयाँ घुस लिएको अभियोग लागेका प्रहरी वरिष्ठ हवल्दार विष्णु सिंहलाई विशेष अदालतले ५ महिना कैद सजाय सुनाएको छ ।
अदालतले प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी वरिष्ठ हवल्दार सिंहलाई दोषी ठहर गरी कैदसहित १ लाख जरिवाना हुने फैसला गरेको छ ।
अदालतका प्रवक्ता उपरजिष्ट्रार धनबहादुर कार्कीले सिंहलाई दोषी ठहर गरिएको जानकारी दिए । कुखुरे खोलाको ढल सरसफाइ तथा निकास गर्दा निस्किने बालुवा व्यवस्थापनमा सहजीकरण गर्ने भन्दै सेवाग्राहीबाट घुस लिएपछि उनलाई गत साउनमा अख्तियारले पक्राउ गरेको थियो ।
लागूऔषधको मुद्दा मिलाइदिने भन्दै ३० हजार रुपैयाँ घुस लिने प्रहरी नायब निरीक्षक पवन साउँदलाई अदालतले ३ महिना कैद र ३० हजार रुपैयाँ जरिवाना गरेको छ ।
ईलाका प्रहरी कार्यालय मैनाखोर बर्दियामा कार्यरत उनलाई घुस लिइसकेको अवस्थामा अख्तियारले मंसिर १२ गते पक्राउ गरेको थियो ।




प्रतिक्रिया