केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कार्कीलाई

केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी एसएसपी कार्कीलाई

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरी प्रधान कार्यालय प्रहरी महानिरीक्षकको सचिवालयका प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दानबहादुर कार्कीले केन्द्रीय प्रहरी प्रवक्ताको जिम्मेवारी पाएका छन् ।

नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम कारवाहीलाई यथार्थ तथा तथ्यगत रूपमा सञ्चारमाध्यमहरूमा सम्प्रेषण गर्नका लागि एसएसपी कार्कीलाई केन्द्रीय प्रहरी प्रवक्ता तोकिएको सचिवालयले जनाएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षक कार्कीलाई ९८५१२९२१११ र इमेल ठेगानामा सम्पर्क गर्न सकिने प्रहरीले जनाएको छ ।