काठमाण्डु-नेपाल प्रहरी प्रधान कार्यालयले बिना जानकारी अनुपस्थित भएका १३ जना प्रहरी कर्मचारीलाई हाजिर हुन निर्देशन दिएको छ ।
कार्यालयले एक सूचना जारी गर्दै आफूखुशी कार्यालयमा गैर हाजिर रहेको र खोजतलास गर्दा पनि सम्पर्कमा नआएका १३ जना कर्मचारीलाई ७ दिन भित्र कार्यालयमा उपस्थित हुन भनेको छ ।
कार्यालयले प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) को खण्ड (च) को कसुरमा ऐ.नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी समेत दिएको छ ।





प्रतिक्रिया