काठमाण्डु– नेपाल प्रहरीका उच्च अधिकारीहरुलाई ३० वर्षे सेवा अवधिका आधारमा अवकाश नदिन सर्वोच्च अदालतले सरकारका नाममा गरेको आदेशविरुद्ध सरकार भ्याकेटमा जाने भएको छ ।
भदौमा अवकाश हुन लागेका नेपाल प्रहरीका केही एसएसपीले ३० वर्षे आधारमा अवकाशबाट रोक्न माग गर्दै दायर गरेको रिटमा न्यायाधीश हरि फुयालको एकल इजलासले अन्तरिम आदेश दिएको थियो ।
अदालतले असोज १० भित्र लिखित जवाफ मागेकाे भएपनि गृह मन्त्रालयले त्यसअघि नै सो आदेशका कारण सरकार सन्चालन तथा नेपाल प्रहरीको चेन अफ कमाण्डमा गम्भीर असर पर्ने भन्दै सर्बोच्चमा भ्याकेटको निवेदन दिने भएको छ ।




प्रतिक्रिया