प्रहरीमा ३० वर्षे सेवा अवधि सम्बन्धी अदालतको आदेश उल्टियो, सरकारको पक्षमा अन्तरिम आदेश

प्रहरीमा ३० वर्षे सेवा अवधि सम्बन्धी अदालतको आदेश उल्टियो, सरकारको पक्षमा अन्तरिम आदेश

File photo

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वाेच्च अदालतले नेपाल प्रहरीमा ३० वर्षे सेवा अवधिको प्रावधान कार्यान्वयन नगर्न यसअघि दिएको अन्तरिम आदेश उल्ट्याएको छ ।

गृह मन्त्रालयका तत्कालीन सचिव एकनारायण अर्यालको निवेदनमाथि सुनुवाइ गर्दै सर्वाेच्चका न्यायाधीश विनोद शर्मा र शारङ्गा सुवेदीको संयुक्त इजलाशले मागबमोजिम अन्तरिम आदेश हुने आदेश गरेको छ ।

अन्तरिम आदेश खारेजका लागि सरकारले दिएको निवेदन बमोजिम अदालतले अन्तरिम आदेश दिएको छ ।

यसअघि प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठ समेतको रिटमाथि सुनुवाइ गर्दै सर्वाेच्चको एकल इजलाशले ३० वर्षे सेवा अवधिका कारण अवकाश हुने प्रावधान कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको थियो ।