गृहमन्त्रीस्तरीय निर्णयबाट प्रहरीका ३ डीआईजीको सरुवा

गृहमन्त्रीस्तरीय निर्णयबाट प्रहरीका ३ डीआईजीको सरुवा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – गृहमन्त्री रमेश लेखकको निर्णयबाट नेपाल प्रहरीका ३ प्रहरी नायव महानिरीक्षक (डीआईजी) को सरुवा भएको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीका अनुसार गृहले मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेललाई प्रहरी मुख्यालयस्थित प्रदेश समन्वय विभागमा ल्याएको छ ।

उनको स्थानमा भरतपुर शिक्षालयका डीआईजी लालमणि आचार्यलाई सरुवा गरिएको छ । प्रहरी मुख्यालयस्थित अन्वेषण योजना निर्देशनालयमा कार्यरत डीआईजी राजेशनाथ बास्तोलालाई भरतपुर शिक्षालयमा सरुवा गरिएको छ ।