भारतीय थुनुवा फरार भएपछि दुई प्रहरी निलम्बित

भारतीय थुनुवा फरार भएपछि दुई प्रहरी निलम्बित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडाैँ-इलाका प्रहरी कार्यालय सिमौनगढमा चोरी मुद्दामा हिरातमा रहेका एक भारतीय थुनवा फरार भएपछि प्रहरी हबल्दारसहित दुई जना निलम्बनमा परेका छन् । निलम्बित हुनेमा प्रहरी हलबदार शशिकान्त चौधरी र प्रहरी जवान अशोककुमार साह रहेका प्रहरी प्रवक्ता रञ्जीतसिंह राठौरले जानकारी दिए।

चोरी मुद्दामा भारतको बिहार मोतिहारी जिल्ला ग्राम पञ्चायत लिपनी वडा नं– ४ निवासी वर्ष १९ का फिरोज मियाँ मङ्गलबार राति ८ बजे खाना खुवाउने क्रममा हिरासतबाट भागेका थिए । कर्तव्य पालनको सिलसिलामा रहेका ती दुई प्रहरीको लापरवाहीका कारण हिरासतबाट मियाँ भाग्न सफल भएको हुँदा निलम्बन गरिएको प्रहरी प्रवक्ता राठौरले बताए।
सिम्रौनगढ नगरपालिका–३ न्यकाटोल निवासी गौरीशङ्कर यादवको घरमा चोरी गरेको मुद्दामा मियाँलाई यही साउन ४ गते पक्राउ गरिएको थियो ।