आईजीपी कुँवर र यूएनका प्रहरी आयुक्तबीच शिष्टाचार भेटघाट

आईजीपी कुँवर र यूएनका प्रहरी आयुक्तबीच शिष्टाचार भेटघाट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवर र संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, संयुक्त राष्ट्रसंघको प्रहरी महाशाखाका निर्देशक (यूएनका प्रहरी आयुक्त) फैसल शाहकर तथा छनोट भर्ती शाखा प्रमुख अता येनिगुनबीच बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा शिष्टाचार भेटघाट भएको छ ।

भेटघाटको क्रममा उनीहरूबीच आपसी सहयोग, सूचना आदानप्रदान तथा समन्वय लगायतका विषयमा छलफल भएको हो ।

सो अवसरमा यूएन प्रतिनिधि मण्डलको उपस्थितिमा आयोजित कार्यक्रममा प्रहरी नायव महानिरीक्षक (डीआईजी) दानबहादुर कार्कीले नेपाल प्रहरीको सांगठनिक परिचय, इतिहास, संरचना, काम कर्तव्य, संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा नेपाल प्रहरीको सहभागिता एवं अन्तर्राष्ट्रिय समन्वय तथा सहकार्य सम्बन्धी विषयमा प्रस्तुतीकरण गरेका थिए ।

कार्यक्रममा संयुक्त राष्ट्रसंघको मुख्यालय न्यूयोर्क, संयुक्त राष्ट्र संघको प्रहरी महाशाखाका निर्देशक (संयुक्त राष्ट्र संघको प्रहरी आयुक्त) फैसल शाहकर तथा छनोट भर्ती शाखा प्रमुख अता येनिगुनले सहभागीहरूबाट उठेका जिज्ञासाहरूको निरूपण गर्दै संयुक्त राष्ट्र संघीय मिसनमा नेपाल प्रहरीको सहभागिता लगायतमा नेपाल प्रहरीसँग सहकार्य गरिने बताए ।

कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षहरू, प्रहरी नायब महानिरीक्षकहरू लगायत वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति थियो ।

यूएन प्रतिनिधिमण्डलको टोली ४ दिने भ्रमणका सिलसिलामा बुधबार नेपाल आएको हो । उनीहरूलाई नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक कुवेर कडायत लगायतका प्रहरी अधिकृतहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल गौचरमा हार्दिक स्वागत गरेका थिए ।

भ्रमणको क्रममा यूएन प्रतिनिधि मण्डलको टोली राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्ज र नेपाल प्रहरी केन्द्रीय विशेष कार्यदल कपन लगायतका स्थानमा आयोजना हुने समारोहमा सहभागी हुने कार्यक्रम छ । विशेषत उनीहरू नेपाल प्रहरीको तालिम केन्द्रहरूको अवलोकन र संयुक्त राष्ट्र संघको शान्ति मिसनसँग सम्बन्धित विषयमा केन्द्रित हुने नेपाली सेनाले जनाएको छ ।