आईजीपीले राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : प्रहरी

आईजीपीले राजीनामा दिने भन्ने आशयका समाचार भ्रामक हुन् : प्रहरी

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङ्गले पूर्वप्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गर्न दबाब सिर्जना गरिए राजीनामा दिने कुरा नगरेको स्पष्ट पारेका छन् ।

प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमहरूमा प्रकाशित भएको पूर्वप्रधानमन्त्री र पूर्वगृहमन्त्रीलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिने भन्ने आशयका भ्रामक समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जानकारी गराएका छन् ।

जारी विज्ञप्तिमा लेखिएको छ, ‘केही दिनयता विभिन्न पत्रपत्रिकाहरू र सञ्चारमाध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले ‘पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सिर्जना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रहरी महानिरीक्षकले कहीँकतै त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भएको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ ।

‘प्रहरी महानिरीक्षकले कहीँकतै त्यस्तो आशय झल्किने अभिव्यक्ति नदिएको जानकारी गराउँदै प्रधानमन्त्री र गृहमन्त्रीसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सिर्जित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा उल्लेख छ ।