ढिस्कोमा पुरिएकालाई उद्धार गर्ने प्रहरी निरीक्षक केसीलाई उत्कृष्ट पुरस्कार

ढिस्कोमा पुरिएकालाई उद्धार गर्ने प्रहरी निरीक्षक केसीलाई उत्कृष्ट पुरस्कार

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल प्रहरीका प्रहरी निरीक्षक माधव केसी पुरस्कारका लागि सिफारिस भएका छन् ।

प्रहरी प्रभाग पुल्चोकमा कार्यरत रहेका बेला असार १७ गते ढिस्कोमा पुरिएकालाई उद्धार गर्न सफल भएका केसीलाई पुरस्कृत गर्न संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, राष्ट्रिय कितावखाना (प्रहरी) मा सिफारिस गरिएको हो ।

प्रहरी प्रभाग पुल्चोकको सिफारिसलाई महानगरीय प्रहरी परिसरले केसीलाई पुरस्कृत गर्ने प्रक्रिया अगाडि बढाएको हो । केसीले असार १७ गते ललितपुरमा ढल खन्ने क्रममा माटोको ढिस्कोले पुरिएका कृष्ण महर्जनलाई १२ फिट मुनीबाट तीन घन्टाको जोखिमपूर्ण प्रयासपछि उद्धार गरेका थिए ।

साथै उनले शान्ति, सुरक्षामा महत्वपूर्ण योगदान पु¥याउनुका साथै बन्दहडतालमा समेत कुसलपूर्ण नेतृत्व गरेको सिफारिसमा उल्लेख छ ।

उत्कृष्ट कार्यसम्पादन गरेबापत उनलाई प्रहरी नियमावली अनुसार १ हजार ५ सय रुपैयाँ नगदसहित पुरस्कारका लागि सिफारिस गरिएको हो । उनी प्रहरी प्रभाग पुल्चोकबाट हालै सरुवा भएका छन् ।