काठमाण्डु – नेपाल प्रहरीका ५ जना वरिष्ठ प्रहरी अधिकृत (एसएसपी) लाई प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको निर्णयअनुसार भूपेन्द्र खत्री, सानुराम भट्टराई, ओम अधिकारी, शेखर खनाल र अविनारायण काफ्लेको डीआईजीमा बढुवा भएको हो । यसअघि बढुवाका लागि सिफारिस गरिएको थियो ।
बढुवापछि मन्त्रालयले पाँचै डीआईजीको पदस्थापन गरेको छ । जसअनुसार भूपेन्द्र खत्रीलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी), सानुराम भट्टराईलाई अपराध अनुसन्धान विभाग, ओम अधिकारीलाई काठमाण्डु उपत्यका प्रहरी कार्यालय, शेखर खनाललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग र अविनारायण काफ्लेलाई प्रहरी महानिरीक्षकको सचिवालयमा पदस्थापन गरिएको छ ।






प्रतिक्रिया