वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

वडाध्यक्षलाई गोली हानी हत्या गर्ने व्यक्ति पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम – धनुषाको मिथिला बिहारी नगरपालिका–९ का वडाध्यक्ष विन्देश्वर यादवको गोली हानी हत्या गर्ने अभियुक्तलाई पक्राउ गरेको छ ।

वडाध्यक्ष यादवलाई गोली हान्ने स्थानीय ३५ वर्षीया शम्भु यादवलाई धनुषा प्रहरीले पक्राउ गरेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रेस विज्ञप्तिमार्फत जानकारी दिएको छ ।

पक्राउ परेका शम्भु यादव जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी सहायक हवल्दार हुन् । धनुषा प्रहरीले घटनामा संलग्न रहेको आरोपमा स्थानीय ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षीय मनोजकुमार यादवलाई पनि पक्राउ गरेर अनुसन्धान गरिरहेको जनाएको छ ।

गत शुक्रबार अन्दुपट्टीका स्थानीय दुखी यादवको मृत्यु संस्कारको भोज ढिलो सुरु भएको विषयमा विवाद उत्पन्न भएको थियो । विवादका क्रममा शम्भु यादवले वडाध्यक्ष विन्देश्वर यादवको छातीमा गोली प्रहार गरेको धनुषा प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोका समेत बरामद भएको धनुषा प्रहरीले जानकारी दिएको छ ।